बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक

आर्थिक परिवेश

१५ जेठ, काठमाडाैं ।  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बसेकाे छ ।  बजेटकाे मस्याैदा अर्थमन्त्री बर्षामान पुनले  मन्त्रीपिरषद समक्षा पेश गर्नु भएकाे थियाे ।

यस अघि अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको जनाएकाे थियाे  ।

बजेटकाे तयारी मस्याैदा  अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएकाे हो ।

हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान गर्नु भएकाे  छन् । ३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको छ ।

मा प्रकाशित