भाेलीदेखि संसदमा आगामी आर्थिक बर्ष २०८१।०८२ काे बजेटकाे छलफल शुरू हुने

आर्थिक परिवेश

१९ जेठ, काठमाडाैं ।   आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि सरकारद्धारा संसदमा प्रस्ततु बजेट माथि आइतवारबाट छलफल हुने भएको छ ।

अर्थमन्त्री बर्षमान पुनले आइतवारको बैठकमा बजेट माथि छलफल गरियोस भन्ने प्रस्ताव राख्नु हुने संभावित कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

आइतवार अर्थमन्त्रीले संसदका दुबै सदनमा आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि सरकारद्धारा संसदमा प्रस्ततु बजेट  टेवुल गर्नु भै समान्य छलपफलका लागि स्वीकिर्ती माग गर्नु हुनेछ ।

संघीय सरकारले आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैया बराबरको बार्षिक आयव्यवको विवरण बजेट ल्याएको थियो ।

जेठ १५ गतेसंसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्ततु गर्दै अर्थमन्त्री बर्षमान पुनले प्रस्तुत बजेटका लागि चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड , पूजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वितीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रकम निनियोजन गरेको बताउनु भएको थियो ।

प्रस्ततु बजेटको कुल विनियोजीत रकम मध्ये चालुतर्फ ६१.३१ प्रतिशत, पुजीगततर्फ १८.९४ प्रतिशत र वितीय व्यवस्थापनतर्फ १९.७४ प्रतिशत रकम विनियोजन भएको छ ।

प्रस्ततु बजेटले ४ खर्ब ८ अर्ब २७ करोड रुपैया प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रस्ताव गरेको छ ।

बजेटले प्रस्ताव गरेको खर्च आन्तरिक राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड तथा आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब बेर्होने प्रस्ताव गरेको छ ।

यसबाट पनि ५ खर्ब ४७ अर्ब रुकम न्युन हुने भएकोले बैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड तथा वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड लिने प्रस्ताव बजेटमा गरिएको छ ।

 

मा प्रकाशित