२० जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न आग्रह गर्नु भएको छ ।
नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग भएको भेटमा अध्यक्ष ढकालले नेपालमा बेलायती लगानी आएमा नेपालको आर्थिक विकासमा निजी क्षेत्रले थप योगदान गर्न सक्ने बताउनु भयो ।
ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएकोले नेपालमा लगानीका विभिन्न अवसरका बारेमा जानकारी गराउदै जलविद्युत क्षेत्र, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताउनु भयो ।
भेटको क्रममा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन गर्दै दोहोरो करमुक्ति सम्झौता बारेमा चासो राख्नु भएको थियो ।
मा प्रकाशित