३० जेठ, काठमाडौ । देशभरका ६ हजार ४ सय ४३ वडाहरु मध्ये ५ हजार २ सय ९४ वडाहरुको मुख्य राजस्वको स्रोत भूमि तथा मालपोत कर रहेको देखिएको छ ।
राजस्वको प्रमुख स्रोत भूमि तथा मालपोत कर रहेका वडाहरु ७८.५ प्रतिशत रहेको केन्द्रीय तथ्याड.क कार्यालयको तथ्याडकले देखाएको छ ।
तथ्याड.क कार्यालयको प्रतिवेदन अनुसार राजस्वको प्रमुख स्रोतको रुपमा सेवा शुल्क दस्तुर रहेका वडाहरुको संख्या ६९.१ प्रतिशत, सम्पती कर मुख्य रहेका वडाहरुको संख्या ५३.५ प्रतिशत, व्यवसाय कर मुख्य रहेका वडाहरुको संख्या ५२.८ प्रतिशत, घरबहाल कर प्रमुख स्रोत रहेका वडाहरुको संख्या ३२.२ प्रतिशत रहेको छ ।
देशभरका वडाहरुको मख्य राजस्वको स्रोतमा यी बाहेक दण्ड जरिवाना, सवारी साधन कर , मनोरञ्जन कर तथा अन्य करहरु समेत रहेको देखिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रतिवेदनले देशका ९८.४ प्रतिशत वडाहरुमा केही न केही कृषिजन्य उत्पादनहरु हुने गरेको देखाइएको छ ।
कुल वडाहरु मध्ये २ हजार ९ सय वडाहरु अर्थात ४३ प्रतिशत वडाहरुमा गैर कृषि उत्पादन हुने गरेको देखिएको छ ।
त्यसै गरी जडिबुटी मुख्य रुपमा उत्पादन हुने वडाहरु १ सय ७१ अर्थात २.५ प्रतिशत रहेका छन । जडिबुटी धेरै उत्पादन हुने वडा रहेको प्रदेशमा कर्णाली प्रदेश रहेको छ ।
त्यहाँका ८.४ प्रतिशत वडाहरुले जडिबुटीलाई मुख्य उत्पादनको रुपमा उत्पादन गर्ने गरेका छन् ।
प्रदेशगत रुपमा कोशी प्रदेशमा शतप्रतिशत वडाहरुमा केही न केही कृषि उत्पादन हुने गरेको देखिएको छ भने सुदुरपश्चिम प्रदेशमा ९९.९ प्रतिशत , गण्डकी प्रदेशमा ९९.६ प्रतिशत, कर्णाली प्रदेशमा ९९.३ प्रतिशत वडाहरुमा केहीन केही कृषि उत्पादन हुने गरेको देखिएको छ ।
केही न केही कृषिको उत्पादन गर्ने सबै भन्दा कम वडाहरुको संख्या बाग्मती प्रदेशमा रहेका छन् । बाग्मती प्रदेशका ९५.९ प्रतिशत वडाहरुले मात्र केही न केही कृषिवस्तुहरु उत्पादन गर्ने गरेको देखिएको छ ।
मा प्रकाशित