०५ असार ,काठमाडौ । युरोपका विभिन्न मुलुकहरुमा व्यवसाय गर्दै आएका गैर आवासीय नेपालीहरुले आआफनो व्यवसायलाई थप प्रर्वद्धन गर्न, लगानी विधिकरण गरी प्रभावकारी व्यवसाय संचालन तथा व्यसायिक एकता अभिवृद्धि गर्न नेपाली व्यवसायी संघ युरोप गठन गरेका छन ।
एक बर्षदेखि नेपाली व्यवसायी संघ बेनेलेक्सको तदर्थ समिति गठन गरी काम गर्दै आएका नेपाली व्यवसायीहरुले विधान कार्यक्षेत्र र संघको उद्देश्य निर्धारण गरी युरोपको हेडक्वाटर बेल्जियममा उक्त संघ दर्ता गरेर आवश्यक प्रकृया अघि बढाएको तदर्थ समितिका सदस्यसचिव मदन दवाडीले जानकारी दिनु भयो ।
संघ बेल्जियमको सरकारी निकायमा गैर सरकारी संस्थाको रुपमा दर्ता गरीएको र दर्ता भएको विवरण त्यहाँको राजपत्रमा प्रकाशित हुने दवाडीले जानकारी दिनु भयो ।
संघको दर्ता प्रकृयामा नेपाली व्यवसायी संघ बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गको सहभागिता रहेको भए पनि संघको तदर्थ सीमतिमा फान्स, डेनमार्क जर्मनी तथा पोर्चुगलका नेपाली व्यवसायीहरु समेत संलग्न रहनु भएको छ ।
द्यर्तासंगै बेल्जियमका यमु निरौलाको संयोजक्तवमा १५ सदस्यीय तर्दथ समिति र ७ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।
संघले युरोप भरी छरिएर रहेका नेपाली तथा नेपाली व्यवसायीहरुको हित, कल्याण नेपालको युरोपसंगको व्यापार, नेपाली वस्तुहरुको युरोपमा व्यापार विस्तार लगायतका क्षेत्रमा काम गर्ने दवाडीले बताउनु भयो ।
नेपाली व्यवसायीहरु हाल बेल्जियममा मात्रै ६ सयको संख्यामा रहेको र त्यस मध्ये ४ सय रेष्टुरण्टहरु मात्रै रहेका छन । युरोपभरि नेपाली व्यवसायिहरुले संचालन गरेका व्यवस्याको अवस्थाको समेत संघले अध्ययन गर्ने भएको छ ।
मा प्रकाशित