बेलायत सरकारबाट प्राप्त हुने ८.१ मिलियन पाउन्ड बराबरको अनुदान स्वीकृत

आर्थिक परिवेश

१० असार,काठमाडाैं ।  सरकारले भूकम्पको कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने ८.१ मिलियन पाउन्ड बराबरको अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न साेमवारआयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री रेखा शर्माले

स्थानीय पूर्वाधार कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा पछिल्लो पटक गएको भूकम्पको कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि

बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउन्ड बराबरको अनुदान स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो ।

मन्त्री शर्माले विश्व बैङ्कबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।

यस्तै, सरकारले विद्युतीय नियमन आयोगको रिक्त अध्यक्ष पदमा डा. रामप्रसाद धिताल, सदस्य पदमा डा.मधुसुधन अधिकारी र झमक प्रसाद

शर्मालाई नियुक्त गर्ने, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मा प्रकाशित