११ असार ,काठमाडौँ । प्रतिनिधि सभाकाे मगलवारकाे बैठकबाट विनियोजन विधेयक अर्थात आगामी आर्थिक वर्ष २०८१/८२काे बजेट बहुमतले पारित भएको छ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव सभाको बहुमतले पारित गरेको हो ।
सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैया बराबरको बजेट प्रस्तुत गरेको थियो ।
प्रतिनिधिसभामा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।
प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राख्नुभएको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । पारित भएकाे आगामी आर्थिक वर्ष २०८१/८२काे बजेट आगामी साउन १ गतेबाट लागू हुनेछ ।
मा प्रकाशित