लुम्बिनीकाे आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित

आर्थिक परिवेश

१२ असार, काठमाडौ ।   लुम्बिनी प्रदेश सभाको बैठकले प्रदेशको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ ।

प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभयो ।

प्रदेशसभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट पेस गर्नुभएको थियो ।

आगामी वर्ष आन्तरिक राजस्वमार्फत सात अर्ब ५१ करोड र सङ्घबाट १२ अर्ब एक करोड र सङ्घबाट सलामी दस्तुरबापत ५० करोड र स्थानीय तहबाट दुई अर्ब ९२ करोड प्राप्त हुने अनुमान प्रतु बजेटले गरेको छ ।

कार्यक्रममा ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफाले नेपालमा ओपेक फन्डले गरेका लगानीको चर्चा गर्दै नेपालको नवीकरणीय ऊर्जा, जलविद्युत् तथा साना तथा मझौला उद्योगको प्रवद्र्धनमा ओपेक फन्डले थप लगानी गर्न तयार रहेको बताउनुभएको छ ।

मा प्रकाशित