परिसूचक दाेहाेराे अंकले बढ्दा करिव साढे ६ अर्बकाे काराेवार

आर्थिक परिवेश

२० असार, काठमाडौँ ।   यो साताकाे कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार  पनि उच्च रकमले बढेकाे  छ ।

बिहीबार नेप्से परिसूचक १५.४६ अङ्कले बढेर दुई हजार एक सय १९.६९ अङ्कमा कायम भएको छ ।
बिहीबार तीन सय १३ कम्पनीहरूका दुई करोड २१ लाख ६७  हजार ६ सय ७९ कित्ता शेयरहरू  ८४ हजार एक सय २६ पटक किनबेच हुँदा  ६ अर्ब ४८ करोड २५ लाख ४७ हजार बराबरको कारोबार भएको छ ।
बिहीबार वित्त समूह ०.५९ र उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

यस दिन सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ३.४३ प्रतिशतले बढेको छ ।

बैंकिङ ०.४८, होटल तथा पर्यटन १.७५, जलविद्युत् ०.२२, लगानी १.८९ र जीवन बीमा १.९७ प्रतिशतले बढेको छ ।

त्यसैगरी, लघुवित्त ०ं२१, म्युचुअल फन्ड ०.२४, निर्जीवन बीमा ०.५८, व्यापार ०.४८ र व्यापार समूह ०.१५ प्रतिशतले बढेको छ ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा बिहीबार सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ४.७५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा बिहीबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको  ३ करोड ९ लाख ४ हजार ६ सय ९४ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआईसी एसिया ब्यालेन्स फण्डको ३५ लाख एक हजार दुई सय कित्ता शेयर किनबेच भएको छ ।

मा प्रकाशित