२३ असार, काठमाडौँ I साताकाे पहिलाे काराेवार दिन नेपाली शेयर बजारकाे काराेवार सूचक (नेप्से) दोहोरो अङ्कको वृद्धि भइ कारोबार रकम छ अर्ब नाँघेको छ ।
यस दिन परिसूचक २१ दशमलव २७ प्रतिशतले बढेर दुई हजार एक सय ४० दशमलव ९७ विन्दुमा कायम भएको छ ।
आइतवार तीन सय २५ कम्पनीहरूका एक करोड ४० लाख १४ हजार छ सय २२ कित्ता शेयरहरू छ अर्ब २९ लाख ३१ हजार आठ सय ५४ रूपैयामा कारोबार भएका छन् ।
यस दिन विकास बैङ्क समूह शून्य दशमलव २४, वित्त समूह दुई दशमलव ०७ र व्यापार समूह दुई दशमलव २३ प्रतिशतले घटेको छ भने अरू
सबै समूहको उपसूचक बढेको छ ।
यस दिन बैङ्किङ शून्य दशमलव ७८, होटल तथा पर्यटन दुई दशमलव ९६, जलविद्युत् शून्य दशमलव ०१, लगानी एक दशमलव ८५ र जीवन बीमा एक दशमलव ५२ प्रतिशतले बढेको छ ।
उत्पादन तथा प्रशोधन एक दशमलव १७, लघुवित्त एक दशमलव ४६, म्युचुअल फण्ड शून्य दशमलव ३२, निर्जीवन बीमा एक दशमलव ३२ र अन्य समूहको उपसूचक दुई दशमलव २५ प्रतिशतले बढेको छ ।
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव २५ प्रतिशतले बढेको छ ।
यस दिन सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आइतवार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख ४८ हजार आठ सय एक बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याकाे आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडको चार लाख ७५ हजार सात सय कित्ता शेयर किनबेच भएको छ ।
मा प्रकाशित