नागरिक लगानी कोषले शेयर धनीहहरुलाई १४ प्रतिशत बोनस सेयर दिने

आर्थिक परिवेश

३१ असार, काठमाडौ ।   नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७९/८० को आम्दानीबाट शेयर धनीहहरुलाई १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांस दिने पस््रताव स्वीकृत गरेको छ ।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाले कोषले वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।

उहाँले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको र बैंक रिकन्सिलेसन कार्यको लागि छुट्टै टोली बनाई अगाडि बढीरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे जानकारी दिनु हुदै सेयरधनीहरुको सेयर संख्या विगत दुई वर्षमा ५५ प्रतिशतले बढेको कारण १४ प्रतिशत बोनस दिएको बताउनुभयो ।

आगामी दिनमा कोषले १४ प्रतिशतभन्दा तल नआउने गरी बोनस दिने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । त्यस अवधिमा कोषले २ खर्व ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।

 

मा प्रकाशित