शेयर बजार उच्च अंकले बढ्याे काराेवार रकम ९ अर्ब माथि

आर्थिक परिवेश

 ०१ साउन काठमाडाै ।  नयाँ  अर्थमन्त्रिले पदबहाली गरेकाे भाेलीपल्ट  नेपाली शेयर बजारकाे काराेवारमा उत्साह छाएकाे छ ।

यस दिन २६ महिनापछि सेयर बजारको परिसूचक बढेर २३०० अंक माथि पुगेको छ ।

मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०.१८ अंक बढेको हो ।

यसदिन बजारमा कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयरहरुको कारोबार भएको छ ।

सोमवार ८ अर्ब ७३ करोड रुपैया बराबरकाे कारोबार भएको थियो । यस दिन बजारमा कुल २३४ कम्पनीहरुको मूल्य बढ्दा ८ कम्पनीहरुको घटेकाे  छ ।

यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो त्यस्तै बैंकिङ विकास बैंक फाइनान्स, लगानी होटल तथा पर्यटन जीवन बीमा,उत्पादन माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य तथा व्यापार समूहका उपसूचकहरु बढेका छन् ।

यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशतले  बढेको छ ।

मा प्रकाशित