०२ साउन , काठमाडौँ । नेपाली शेयर बजारकाे परिसूचक नेप्से बुधवार उच्च अंकले बढेकाे छ । परिसूचक मात्रै हाेइन यस दिन बजारकाे काराेवार रकम पनि उल्लेखनीय रूपमा बढेकाे छ ।
बुधवार नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम भएको छ ।
यस दिन तीन सय छ कम्पनीहरूका तीन करोड २० लाख ९५ हजार नौ सय ३७ कित्ता शेयरहरू एक लाख ४९ हजार छ सय ८१ पटक किनबेच हुँदा १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको छ ।
बुधवार व्यापार समूहको उपसूचक सबैभन्दा धेरै सात दशमलव ३० प्रतिशतले बढेको छ । आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २ को सबैभन्दा धेरै नौ दशमलव ९० प्रतिशतले घटेको हो ।
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार आठ सय ८४ कित्ता सेयर किनबेच भनेको छ ।
मा प्रकाशित