शेयर बजारमा तिब्र वृद्धि काराेवार उच्च रकमले बढ्याे

आर्थिक परिवेश

०३ असार,काठमाडौँ । नेपाली शेयर बजारकाे कारोबार मापक नेप्से परिसूचक साताकाे अन्तीम काराेवार दिन बिहिवार  झण्डै ६० अङ्कले उकालो लागेको छ ।

यस दिन  नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ अंकमा पुगेको  छ ।

शेयर बजारमा यस दिन  कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर  १५ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ मा कारोबार भयो ।

नेपाल इन्भेष्टमेन्ट मेघा बैङ्क, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था तथा थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा दश प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ  परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर चार सय ३६ दशमलव १४ मा पुगेको छ ।

यस्तै, कुमारी सबल योजना पाँच दशमलव ७६, सिन्धु विकास बैङ्क चार दशमलव ५७, गुह्येश्वरी मर्चेन्ट चार दशमलव २२, एनसिसी डिवेञ्चर तीन दशमलव ९३ र श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले तीन दशमलव ९० प्रतिशतले गुमाए ।

मा प्रकाशित