नेप्से परिसूचकमा मंगलवार उच्च अङ्ककाे वृद्धि काराेवार १४ अर्ब माथि

आर्थिक परिवेश

०८ असार, काठमाडौँ  ।   नेपाली शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचकमा मंगलवार उच्च अङ्कले वृद्धि भएको छ ।

यस दिन  नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको छ ।

मंगवलवार तीन सय १७ कम्पनीहरूका तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता शेयर एक लाख ७१ हजार तीन सय ८७ पटक बिनबेच हुँदा  १४ अर्ब ११ करोड ६३ लाख ३० हजार नौ सय ९५ बराबरको कारोबार भएको छ ।

यस दिनकाे कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक पाँच दशमलव ०६ र जीवन बीमा समूहको उपसूचक चार दशमलव ४५ प्रतिशतले बढेको छ । छ वटा कम्पनीको शेयर मूल्यमा मंगलवार सकारात्मक सर्किट लागेको छ ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड र साहस ऊर्जा लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सबैभन्दा धेरै शेयर मूल्य गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको घटेको छ । गणपतिको शेयर मूल्य पाँच दशमलव ८३ प्रतिशतले घटेको हो ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको  २४ करोड ६९ लाख २३ हजार सात सय ९२ बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा नबिल ब्यालेन्स फन्ड–२ को १६ लाख दुई हजार आठ सय ३५ बराबरको कारोबार भएको छ ।

मा प्रकाशित