०९ साउन, काठमाडौ । नेपाली शेयर बजारमा बुधवार नेप्से परिसूचक दोहोरो अंकले घटे पनि कारोवार रकम भने उच्च अंकले बढेको छ ।
बुधबार सेयर बजार खुलेको २६ मिनेटमा परिसूचक नेप्से २६०० अंकमा पुग्यो । त्यसपछि सामान्य उतारचढाव हुँदै ओर्लिएको बजार अन्ततः २५३६ अंकमा झरेको छ ।
अघिल्लो दिनको तुलनामा परिसूचक २७.३२ अंक घटेको छ । यो साउन महिनामा आज पहिलो दिन बजार परिसूचक घटेको हो ।
बुधवार ४६ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो भने दुईको स्थिर रह्यो । यस दिन बजारमा १६ अर्ब २० करोड रुपैयाँको शैयरको कारोबार भएको छ । यो कारोवार रकम विगत ३५ महिनायताकै उच्च हो ।
यस दिन फाइनान्स र होटल तथा पर्यटनबाहेक सबै क्षेत्रका उपसूचकहरु घटेका छन् ।
समग्र बजार घट्दा पनि बुधवार तीन कम्पनीहरु मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल तराई, एसियन हाइड्रोपावर, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशत बढ्यो ।