नेपाली शेयर बजारमा उच्च रकमकाे काराेवार नयाँ रेकर्ड निर्माण

आर्थिक परिवेश

१६ साउन, काठमाडौ‌‌  । बुधबार नेपाली शेयर बजारको कारोवार हालसम्मकै उच्च रकम बराबरको भएको छ ।

यस दिन नेप्सेमा ३३२ कम्पनीहरुका २ लाख ३८ करोड २७२ पटकको कारोबारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बरारको शेयरको किनबेच भएको छ ।

यस दिनको कारोबार रकम हालसम्मकै उच्च हो । यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका शेयर किनबेच भएको थियो ।

बुधवारको कारोवार रकम पछि नेपाल िशेय बजारमा नयाँ रेकर्ड निर्माण भएको छ ।

यस दिन नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ ।

बुधबार १० कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस दिन युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर,

नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ्ग कम्पनी र प्रोग्रेशिभ फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

सो बाहेक अन्य ११ कम्पनीहरुको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीदले बढेको छ । बुधवार बजारका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक बढेको छ ।

जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ६.८९ प्रतिशत बढेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।

मा प्रकाशित