शेयर कारोबारमा बदमासी भएको बारे नियामकले अनुसन्धान गर्नु पर्छ : डा. महत

आर्थिक परिवेश

२१ साउन, काठमाडौं ।   पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले केही कम्पनीका शेयर मूल्य अस्वभाविकरूपमा बढेको देखिएकाले त्यस्ता कम्पनीको शेयर कारोबारमा बदमासी भएकोबारे नियामकले अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमवार बैठकमा विशेष समयमा बोल्नुहुँदै डा महतले अहिले पुँजीबजारको वृद्धिलाई स्वभाविक रूपमा लिन नसकिने बताउनु भएको हो ।

त्यहाँ केहि चलखेलको सम्भावना प्रशस्त देखिएका छन्”, उहाँले भन्नुभयो, “कतिपय संस्थाको जसरी शेयर मूल्य बढेको छ, त्यो स्वभाविक देखिँदैन यतातर्फ सरकार र नियामकको ध्यान जान जरुरी छ पूर्व अर्थमन्त्रीले भन्नु भयो ।

नेपाल राष्ट्र बैंकले ल्याएकोे पछिल्लो मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पु¥याउने उहाँले बताउनुभयो ।

सार्वजनिक वित्त व्यवस्थापन र बजेट प्रणालीमा अनुशासन आवश्यक रहेको महतको धारणा थियो ।

सङ्घ सरकारबाट तीन करोडभन्दा तलका आयोजनालाई बजेट विनियोजन नगर्ने कार्यविधि बनेकोमा अघिल्लो सरकारले साना आयोजनामा पनि केन्द्र सरकारबाट बजेट विनियोजन गरेर आर्थिक अनुशासन उल्लङ्घन गरेको बताउनुभयो ।

स्रोत सुनिश्चितता बिनाका धेरैवटा आयोजना अघि बढाउनु सरकारको कमजोरी रहेको र यसले राम्रो नतिजा नदिने डा महतको भनाइ थियो ।

सरकारले बजेटमार्फत् धेरै नयाँ आयोजना प्रस्ताव गरिएको तर प्राथमिकताका र राम्रो नतिजा दिने आयोजनामा यथेष्ठ बजेट विनियोजन हुन नसकेको उहाँले ब:ताउनुभयो ।

मा प्रकाशित