२१ साउन, काठमाडौ । यो साताको कारोबारको पहिलो दिन सोमवार नेपाली शेयर बजारको परिसूचक (नेप्से)मा एक दशमलव ४७ प्रतिशतको वृद्धि भएको छ ।
यस दिन नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको छ ।
सोमवार तीन सय २६ कम्पनीहरुका चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयरहरु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयामा किनबेच भएका छन् ।
सोमवार आठवटा कम्पनीहरुको शेयर मूल्य १०९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।
यस दिन कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको अग्र स्थानमा रहेको छ ।
मा प्रकाशित