२८ साउन,काठमाण्डौ । नेपाली शेयर बजारमा सोमवार हालसम्मकै उच्च रकमको कारोवार भएर नयाँ रेर्कड निर्माण भएको छ ।
यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै २५ अर्ब ७७ करोड माथिको कारोबार भएको शेयर बजारमा सोमवार त्यो भन्दा बढी रकमको कारोबार भएर कारोवार २७ अर्ब नाघेको छ ।
यस दिन नेप्से परिसूचक ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ ।
यो दुई दशमलव ४७ प्रतिशतको वृद्धि हो । समोमवार तीन सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयरहरु २७ अर्ब २४ करोड २० लाख ३४ हजार मुल्यमा किनबेच भएका छन ।
यस दिनको कारोवार पछि कुल बजार पुँजीकरण ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार पुगेको छ ।
सोमवारको कारोबारमा सातवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीहरुको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने सोमवार पनि नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सोमवार हिमालयन रिइन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ भने कारोबार भएको शेयर सङ्ख्याको आधारमा नविल ब्यालेन्स फन्ड–२ अग्रस्थानमा रहेको छ ।
मा प्रकाशित