शेयर बजारमा उच्च अंककाे काराेवार परिसूचकले ३ हजार पार गरयाे

आर्थिक परिवेश

काठमाडौँ ।  नेपाली शेयर बजारमा बिहिवार एक  अर्को कीर्तिमान कायम भएको छ ।

बजारमा बिहिवार कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यस दिन झण्डै  ३० अर्ब बराबरको शेयरकाे कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शुन्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव शून्य एक अङ्कले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ ।

यस दिन कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयरहरू  २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मूल्यमा किनबेच भएकाे छ  ।

नेप्सेका अनुसार, बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ

यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्क नौ दशमलव ६४ र एनएमबी बैंकका लगानीकर्ताले नौ दशमलव ४२ प्रतिशतले कमाएका छन् ।

यस्तै, नेपाल फाइनान्स १०, विन्दबासिनी हाइड्रोपावर सात दशमलव २२, सुभम पावर सात दशमलव १०, मिड सोलु हाइड्रोपावर ६ दशमलव २८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६८ प्रतिशतले गुमाएका छन् ।

नेप्सेका अनुसार, बैङ्किङ, विकास बैङ्क, होटल तथा पर्यटन, जलविद्युत् लगानी, सामूहिक लगानी कोष निर्जीवन बीमा र व्यापार उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

मा प्रकाशित