०९ भदाै, रुपन्देही । व्यावसायिक रुपमा कृषिमा नेपालले कायापलट गर्न सक्ने अवस्लुथा रहेकाे म्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भएको छ ।
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटनका क्रममा मुख्यमन्त्री आचार्यले कृषिको क्षेत्रमा कायापलट गर्न सकिने बताउनु भएकाे हाे ।
उहँले चितवनबाट दाङमा गएर केही व्यापारीले ठुलो मात्रामा प्रतिफल पाएको उदाहरण दिनुहुँदै कृषि क्षेत्रमा कायापलट गर्न सकिने बताउनुभयो ।
कृषि अनुदानमा सरकारले समेत लगानी गरिरहेकाले युवाहरू समेत कृषि पेसामा आकर्षित भएको उहाँले बताउनुभयो ।
नेपालले कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति गर्न सकिने मुख्य मन्त्री चेतनारायण आचार्यले बताउनुभयो ।
मुलुकमा राजनीतिक स्थायित्वका निम्ति २ राजनीतिक दल एक ठाउँमा आएपछि अर्थतन्त्रका सुचांक उकालो लागिरहेको उहाँले बताउनुभयो ।
अब व्यावसायीका निम्ति आसाका दिन आएको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।
मा प्रकाशित