रैथाने बीउ र बाली हराए नेपालकाे कृषि प्रणालीमै समस्या आँउछ : पूर्व राष्ट्रपति डा‍ यादव

आर्थिक परिवेश

१५ भदौ, काठमाडौ ।   नेपालका प्रथम नेपालमा रैथाने बीउ र बाली हराउँदै जान थालेकाले त्यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ ।

रैथाने एग्रो प्रोडक्ट्स् नेपाल टोखा–४ ले प्रत्येक शनिबार राजधानीको दरबारमार्गमा आयोजना गर्ने गरेको रैथाने कृषि बाली मेलाको अवलोकन गर्नुहुँदै उहाँले त्यस्ता विषयले नेपालका राजनीतिकर्मीको मन दुख्नुपर्ने बताउनुभयो ।

पूवृ
रैथाने बीउ, बाली हराएर लोप भए कृषि प्रणालीमै समस्या आउने भएकाले सरोकार भएका निकायको ध्यान यसतर्फ जानुपर्ने प्रथम राष्ट्रपति यादवको भनाइ थियो ।

चुरे क्षेत्रको विनाशले तराईमा पानी कम भई खानेपानीकै अभाव भएकाले कृषिकर्मका लागि त झन् समस्या हुन थालेको उहाँले सुनाउनुभयो ।

चुरे क्षेत्रको संरक्षण नगरी सडकलगायत काम गर्दा नेपालमै राम्रो अन्न उत्पादन हुने तराई क्षेत्र उजाड बन्ने खतरा देखिन थालेकाले समयमै सचेत हुनुपर्नेमा प्रथम राष्ट्रपति यादवले सचेत गराउनुभएको थियो ।

पहिले गाउँगाउँमा जेटिए गएर कृषिकर्म गराउने गरेकामा अहिले त्यो व्यवस्थाको अन्त्य गराएर नेपालको कृषि प्रणाली अधोगतितर्फ जान थालेकाले बेलैमा सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा रैथाने एग्रो प्रोडक्ट्स् नेपालका अध्यक्ष तिलक ढकालले उपभोक्ताले स्वस्थ एवं अग्र्यानिक उत्पादन पाऊन् भन्ने उद्देश्यले प्रत्येक हप्ताको शनिबार दरबारमार्गस्थित ओरियन क्याफेमा मेला आयोजना गर्ने गरिएको जानकारी गराउनुभएको थियो ।

साप्ताहिक रूपमा शनिबार बिहान ६ देखि मध्याह्न १२ बजेसम्म चल्ने मेलामा रैथाने उत्पादनको बिक्रीवितरण हुने गरेको छ । मेलामा उपभोक्ताको सहभागिता पनि बढ्न थालेको संस्थाका सदस्य वैकुण्ठ प्याकुरेलले जानकारी दिनुभयो ।

मा प्रकाशित