सरकारले  आगामी असोज ४ गते न्यूयोर्कतर्फ प्रस्थान गर्नेगरी प्रधानमन्त्रीकाे भ्रमण कार्यतालिका स्वीकृत

आर्थिक परिवेश

२१ भदौ, काठमाडौं ।   सरकारले  प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन न्यूयोर्क जानु हुने भ्रमण कार्यतालिका  स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल महासभामा सहभागी हुन आगामी असोज ४ गते न्यूयोर्कतर्फ प्रस्थान गर्नेगरी भ्रमण कार्यतालिका समेत बैठकले स्वीकृत गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।
यस्तै बैठकले एसियाली विकास बैङ्कबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने १ सय १५ मिलियन अमेरिकी डलर अर्थात् करिब १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्त अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ताटोली गठन गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले दिनुभएको जानकारी अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले यही भदौ ३१ गते काठमाडौँमा हुने नेपाल अमेरिका टिफा काउन्सिलको सातौँ बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने विषयसूची स्वीकृत गर्ने र वार्ता टोली गठन गर्ने, विम्स्टेक कृषि मन्त्री स्तरीय र कृषि सम्बन्धी उच्च पदाधिकारीहरूको तेस्रो बैठक आगामी चैत्र १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रस्ताव गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषदका २४ निर्णय

    

मा प्रकाशित