सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ६५ हजार रुपैयामा काराेवार

आर्थिक परिवेश

०४ कार्तिक  काठमाडौँ ।   नेपाली बजारमा बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएर काराेवार भएकाे छ ।

आइतवार सुनको मूल्य प्रतितोला छ सय रुपैयाले  वृद्धि भई एक लाख ६५ हजार रुपैया कायम भइ काराेवार  भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे  छ ।

महासङ्घका अनुसार शुक्रबार छाप भएकाे सुन प्रतितोला  एक लाख ६४ हजार चार सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा  ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयामा  कारोबार भएको चाँदीको मूल्य आइतावारका लागि भने  दुई हजार ७५ रुपैया  निर्धारण भएको महासङ्घले जनाएको छ ।

 

मा प्रकाशित