१८ कार्तिक, भैरहवा । थाई एसिया एयरलाइन्सले बैंकक–भैरहवा–बैंकक उडान तिहारको दिन आइतबारदेखि शुरु गरेको छ ।
थाई एसिया एयरलाइन्सको विमान आइतवार बिहान ६ः५ बजे थाई चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको र अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताउनु भयो ।
थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।
थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनःउडान काठमाडाैमा सुरु गर्न अनुमति पाएलगत्तै उडान सुरु भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन ।
भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुआती भाडादर १२ हजार रहेको जनाइएको छ ।
मा प्रकाशित