त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानसमय घट्यो राती १०देखि विहान ०८ बजेसम्म बन्द

आर्थिक परिवेश

२३ कार्तिक, काठमाण्डौ ।   नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रवार कात्तिक २३ गतेदेखि करिब पाँच महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने भएको छ ।

त्यसका लागि साविकको ‘उडान समय’ घटाई बेलुका १० बजेदेखि बिहान ०८ बजेसम्म विमानस्थल बन्द गर्ने ‘नोटिस टू एयर म्यान’ (नोटाम) जारी गरिएको छ ।

विमानस्थल सञ्चालनको समय घटाउँदा आन्तरिक वायुसेवा कम्पनीहरुको उडान करिव ३० प्रतिशत तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुको उडान करिव २० प्रतिशतले कटौती हुने भएको छ ।

विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको बाध्यताको कारण उडानहरु कटौती गरी नियमित उडानहरुलाई गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमास्थलबाट संचालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले लामो समयदेखि आग्रह गर्दै आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको आग्रह बमोजिम विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले नयाँ उडान तालिका सार्वजनिक गरेका छन् ।

कतिपयले विमान कम्पनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने गरी तालिका निर्धारण गरेका छन् ।


वायु सेवा सञ्चालक सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै गर्न माग गरेको छ ।

सङ्घले विज्ञप्ति जारी गरी विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुनसक्नेतर्फ सम्बन्धित सरोकारभएका निकायहरुको ध्यानाकर्षण गराएको छ ।

मा प्रकाशित