नेपालका ३ बैज्ञानिक विश्वका प्रतिष्ठीत पुरस्कारहरूबाट सम्मानीत

आर्थिक परिवेश

०१ मंसिर, काठमाडौँ ।  नेपालका तीनजना वैज्ञानिकहरू विश्वका प्रतिष्ठीत पुरस्कारहरूबाट सम्मानीत हुनु भएकाे छ ।

त्यस   मध्ये  द वर्ल्ड एकेडेमी अफ साइन्सेस (ट्वास) पुरस्कारबाट दुइ जना र द जोन म्याडक्स’ पुरस्कारबाट एक वैज्ञानिक  पुरस्कृत  हुनुभएको हाे ।

ट्वासले विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टकी वरिष्ठ वैज्ञानिक डा.टिस्टा प्रसाईँ जोशी र त्रिभुवन विश्वविद्यालयका रसायन शास्त्र सह–प्राध्यापक विपिन दाहाललाई पुरस्कृत गरेको हो ।

नाष्टका वरिष्ठ वैज्ञानिक डा.प्रसाईँले ४ हजार अमेरिकी डलर बरावरको “समिरा ओमर इनोभेसन फर सस्टेशनएविलिटी अर्वाड” प्राप्त गर्नुभएको छ भने सह –प्राध्यापक दाहालले ५ हजार अमेरिकी डलर बराबरको “अट्टा उर रहमान अवार्ड” प्राप्त गर्नुभएको छ ।

ट्वासले नेपालका वैज्ञानिक प्रसाईँलाई नेपालको भूमिगत पानीको आर्सनिक प्रदूषणको समस्या समाधानका लागि पुर्‍याउनुभएको योगदानलाई कदर गर्दै उक्त पुरस्कार प्रदान गरेको जनाएको छ ।

यस्तै सह–प्राध्यापक दाहाललाई कार्बन क्वान्टम डट र त्यसको संरचना सहित कार्बन नानोमेटेरिइल्सको शिन्थेरिसमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरेको जनाइएको छ ।

ट्वासले यस वर्ष नेपालका जोशी र दाहालसहित अन्य विभिन्न मुलुकका २५ जना वैज्ञानिकलाई पुरस्कार प्रदान गरेको छ ।

ट्वासले दक्षिण एशियाली वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई हरेक वर्ष विभिन्न विद्यामा योगदान दिने वैज्ञानिकहरूलाई पुरस्कृत गर्दै आएको छ ।

त्यसै गरी  पर्वत जिल्ला निवासी रहि  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा कार्यरत  वैज्ञानिक भुकम्पविद् डा. शिव सुवेदीले चर्चित साइन्स जर्नल ‘नेचर’ बाट प्रदान गरिने ‘द जोन म्याडक्स’ पुरस्कार २०२४ को ‘जज कमेन्डेसन’ अवार्ड (The John Maddox Prize Commendation Award 2024) बाट पुरस्कृत हुनु भएकाे छ  ।

नेपालमा भुकम्पीय सचेतना जगाउन र भुकम्पीय जोखीम न्यूनीकरण तथा पूर्वतयारी कार्यक्रम गरेबापत् डा. सुवेदी पुरस्कृत हुनुभएको हो ।

मा प्रकाशित