०३ मसिर काठमाडौँ । नेपालकाे पर्यटन क्षेत्रमा ठुलाे लगानी थपिएकाे छ । व्यवसायी उमेश श्रेष्ठ र व्यवसायी मीनबहादुर गुरुङले करिब ६ अर्ब लगानीमा काठमाडौंको दरबारमार्गका पुरानाे अन्नपूर्ण हाेटेल भत्काएर नयाँ बनाउन लागेका छन् । अन्नपूर्ण स्क्वायर होटलको नामले बनाउन लागेकाे साे हाेटेलकाे साेमवार शिलान्यास गरिएको छ ।
व्यवसायी मीनबहादुर गुरुङले सोमबार उक्त होटलको शिलान्यास गरेका हुन् ।
शिलान्यासमा कांग्रेस नेता एवं व्यवसायी उमेश श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीईओ किरणकुमार श्रेष्ठलगायत सहभागी थिए ।
भाटभटेनी समूह र लिटिल एन्जल्स समूहले करिब ६ महिना अघि किनेको अन्नपूर्ण होटलमा नै नयाँ होटल निर्माण गर्न लागेका हुन् । यस होटलको लागत करिब ६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । २०८५ देखि वैशाख १ गतेदेखि होटल सञ्चालनमा आउने बताइएको छ ।
होटल संचलानका लागि डेढ महिना अघि नै भारतीय होटल व्यवस्थापन कम्पनी आइटीसी वेलकमसँग सम्झौता भइसकेको छ ।
होटलमा ३५० कोठा र ४० कोठा अपार्टमेन्टसहित होटल परिसरमा रहने बिजनेस कम्प्लेक्समा भाटभटेनीदेखि विभिन्न ब्रान्डेड शपिङ मल रहनेछन् ।
मा प्रकाशित