छाप भएकाे सुनको भाउ एकै दिन तोलामै १६ हजार रुपैयाँले घट्याे

आर्थिक परिवेश

१० मंसिर, काठमाडौं ।   सरकारले भन्सार दर घटाएपछि साेमवार नेपालि बजारमा छाप भएकाे सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरी काराेवार भउकाे छ  ।

अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

सरकारले सुनको भन्सार दरलाई २० प्रतिशतबाट १० प्रतिशतमा झारेपछि  सोमबारदेखि सुनकाे मूल्य समायोजन गरिएको हो’ नेपाल सुनचाँदी व्मयवसी हासंघका अध्यक्ष अर्जुन रसायलीले जानकारी दिनु भयाे ।

यद्यपि अन्तर्राष्ट्रिय बजारमा पनि सोमबार मूल्य केही घटेको थियो ।  चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला १८४५ रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँ थियो । चाँदीमा पनि भन्सार दर १५ बाट १० प्रतिशतमा झारिएको छ ।

‘भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको हो,’ भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भने । सरकारले गत बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्‍याएको थियो ।

उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।

मा प्रकाशित