२१ मंसिर वीरगंज । वीरगंज भन्सार कार्यालय अर्थात् एकिकृत भन्सार जाँच चौकी आईसिपीले चालु आर्थिक बर्ष २०८१/०८२ को ४ महिनामा ५० अर्ब १७ करोड ९२ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
अर्थ मन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई साउन, भदौ, असोज र कार्तिकको लागि ७० अर्ब ४६ करोड ३० लाख ६४ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियाे ।
माल सामानको आयात चाडबाडमा समेत लक्ष्य अनुरुप हुन नसकेपछि चालु आर्थिक वर्षको ४ महिनामा समेत लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसिपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो ।
आईसिपी बीरगंजले तोकिएको लक्ष्यभन्दा झण्डै २९ प्रतिशत कम राजस्व असुली गरेको छ ।
अर्थमन्त्रालयले तोकेको लक्ष्यभन्दा ४ महिनामा २० अर्ब २८ करोड ३८ लाख ४९ हजार कम राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी वीरगंज भन्सार कार्यालयले भन्सार राजस्व तर्फ १८ अर्ब ६७ करोड ८८ लाख ३९ हजार राजस्व असुली गरेको छ भने मुल्यअभिबृद्धि कर तर्फ २० अर्ब २७ करोड ५७ लाख ६२ हजार राजस्व असुली भएको छ ।
त्यसैगरी अन्तःशुल्कतर्फ ४ अर्ब १ करोड २४ लाख ८६ हजार असुली गरेको प्रमुख भन्सार प्रशासक लामिछानेले बताउनुभयो ।
त्यसैगरी बीरगंज भन्सार कार्यालयले अग्रिम आयकर तर्फ २६ करोड, ६१ लाख ८४ हजार राजस्व असुली भएको छ ।
बीरगंज भन्सार कार्यालयले पूर्वाधार कर तर्फ ३ अर्ब ८८ करोड ८२ लाख ४४ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ ४९ करोड ७८ लाख ७७ हजार असुली गरेको छ ।
त्यसैगरी वीरगंज भन्सारले सडक मर्मत तथा सुधार दस्तुर तर्फ १ अर्ब ६ करोड ३३ लाख ७७ हजार राजस्व असुली गरेको छ ।
वीरगंज भन्सार कार्यालयले भन्सार सम्बन्धि अन्य आयबाट ३ करोड ३९ लाख ३६ हजार, विलासिता शुल्कबाट २४ लाख ७४ हजार र हरित करबाट ४२ करोड ३६ लाख ७५ हजार राजश्व असुली गरेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताउनुभयो ।
मा प्रकाशित