नेपालले कम्बोडिया भैरहवा कम्बोडिया सिधा उडान गर्न  कम्बाेडियासँग  प्रस्ताव गरयाे

आर्थिक परिवेश

  ३० मंसिर,  काठमाडौँ ।    नेपालले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडान संचालन गर्न  कम्बाेडियासँग  प्रस्ताव गरेकाे छ ।

नेपाल  भ्रमणामा रहनु भएका  कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएकाे शिष्टाचार एवं बिदाइ भेटघाटका क्रममा संस्कृति, पर्यटन तथा नागरिक

उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नु भएको हो ।

मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतकोबारे समेत जानकारी गराउनु भएको थियो ।

यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई जोड्ने गरी “बौद्ध सर्किट“ को विकास गर्न सकिने ।

पर्यटन प्रवर्द्धनका लागि दुवै देशका बिचमा कला, सङ्गीत, र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रमहरू र पर्यटन बोर्डहरूबिच साझेदारी गर्न सकिने  विषयमा छलफल भएको थियो ।

यस्तै  दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना,सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानका सम्भावना लगायतका विषय छलफल भएको थियो ।

यस्तै  पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडानहरू र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे समेत दुई मन्त्रीबिच चर्चा भएको थियो ।

संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्ता समेत दिनु भएको छ ।

मा प्रकाशित