१ पुस, काठमाडौं । वाणिज्य बैंकका सीईओहरूको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइरालाकाे एकल उम्मेदवारी परेकाे छ ।
कोइरालाकाे एकल उम्मेदवारी परेकाेले नेपाल बैंकर्स संघको अध्यक्षमा उहाँ निर्विरोध चयन हुनुहुने भएकाे हाे । अध्यक्षमा निर्वाचित कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।
संघको नयाँ कार्यसमितिका लागि उम्मेदवार दिने म्याद सोमबारसम्म रहेकोमा अध्यक्षमा कोइरालाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध अध्यक्ष चयन हुनु हुने भएकाे हाे ।
प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै कोइराला संघको अध्यक्षमा सर्वसम्मत चयन हुने अवस्था बनेकाे संघका सीईओ अनिल शर्माले जानकारी दिनु भयाे ।
संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीको मात्रै उम्मेदवारी परेको छ । उहाँ पनि सर्वसम्मत रूपमा उपाध्यक्ष चयन हुनुहुने भएकाे भएकाे छ।
संघमा तीनजना सदस्यको पद खाली रहेकोमा त्यसमा एभरेस्ट बैंकका सुदेश खालिङ, कुमारी बैंकका रामचन्द्र खनाल र नेपाल बैंकका तिलकराज पाण्डेयको उम्मेदवारी परेको शर्माले जानकारी दिनु भयाे । उहाँहरू पनि सर्वसम्मत रूपमा सदस्य चयन हुनुहुने भएकाे छ । खालिङ अहिले पनि सदस्य रहेकोमा दोहोरिने हुनु भएकाे हाे ।
संघको नयाँ कार्यसमिति चयन बारे औपचारिक घोषणा हुन बाँकी छ । बुधबार बस्ने संघको साधारणसभाले नयाँ कार्यसमिति चयन भएको औपचारिक घोषणा गर्नेछ ।