राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा दुइ देशका व्यवसायिक निकायहरु बीच सम्झौता

आर्थिक परिवेश

०१ पुष, काठमाडौं ।  नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्न विषयमा दुइ देशका व्यवसायिक निकायहरु बीच सम्झौता भएको छ ।

नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबीच सम्झौता भएको हो ।

सोमबार दुईपक्षीय सम्झौता गर्न अयाेजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा  सम्झौता कोशेढुंगा हुने बताउनु भयाे ।

प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको स्मरण गराउँदै उहाँले उक्त  सम्झौताले नेपाली किसानलाई राँगाभैंसी पालनमा थप प्रोत्साहन मिल्ने बताउनु भयाे ।

नेपालको हावापानी र विविध भौगोलिक बनोट पशुपालनका लागि उत्कृष्ट रहेको उहाँको भनाइ थियो ।
नेपालमा रागाँभैंसी पालन समाजको अभिन्न अङ्गको रूपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित रहेको उनको भनाइ छ ।

उहाँले भन्नु भयाे , ‘नयाँ पुस्तालाई समेत यसमा जोडी पुस्तान्तरणमा समेत काम गर्नुछ । नयाँ पुस्ता प्रविधिमैत्री भएको सन्दर्भमा हामीले यसमा समेत नवीन प्रविधिहरूको प्रयोग विस्तार गरी युवापुस्तालाई यसमा आकर्षण गर्नु पर्नेछ ।’

मा प्रकाशित