सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा.महेन्द्र विष्ट नियुक्त

आर्थिक परिवेश

 ०१ पुष काठमाडौँ ।   सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा.महेन्द्र विष्ट नियुक्त हुनुभएको छ।

मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले डा.विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नवनियुक्त अध्यक्षको अहिले केहीबेरमा सपथ गरिने मन्त्रालयले जनाएको छ ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले एउटै व्यवस्थापनबाट सञ्चालन गर्ने गरी केही महिनाअघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याइएको थियो । सोही ऐनअनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा‍‍. विष्टलाई नियुक्ति हुनुभएको हो ।

मा प्रकाशित