पिएसबिका कार्यकारी अध्यक्ष डा.विष्टद्वारा पद तथा गोपनीयताको शपथ 

नेपालमा  सार्वजनिक सेवा प्रसारण

 ०१ पुष,  काठमाडौँ ।   सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले साेमवार  पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

कार्यकारी अध्यक्ष डा.विष्टले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सार्वजनिक सेवा प्रसारण परिषद्का अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

डा विष्ट यसअघि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बन्नुभएको थियो ।

गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले डा.विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले  सार्वजनिक सेवा प्रसारण संस्थाको  एउटै व्यवस्थापनबाट सञ्चालन गर्ने गरी केही महिनाअघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो ।

सरकारले सोही ऐनअनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा.विष्टलाई नियुक्ति गरेको हो ।

विश्वमा सार्वजनिक सेवा प्रसारण संस्थाको अवधारणा  बेलायतबाट सन् १९२५ मा   विकास  भएकाे करिव १ सय बर्ष पछि नेपालमा सार्वजनिक सेवा प्रसारणकाे सेवा शुरूवातकाे लागि  सरकारले सार्वजनिक सेवा प्रसारण ऐन मार्फत सार्वजनिक सेवा प्रसारण संस्था गठनकाे व्यवस्था गरे अनुसार याे नियुक्ती भएकाे हाे ।

 

मा प्रकाशित