१० पुष काठमाडाै । सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गरिएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२४’ संयुक्तरुपमा
शर्मालाई प्रदान गर्नु भएकाे हाे ।
नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै ३ लाख रूपैयाँ नगद पुरस्कार समेत पाउनु भएकाे छ ।
सूचना प्रविधि क्षेत्रमा सक्रिय महिलाहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत पाँच वर्षदेखि आईसीटी अवार्ड र एनसेलबीच सहकार्य हुँदै आएको छ ।
यो वर्षको एनसेल वुमन आइकन आईसीटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशिल महिला हुनुहुन्छ ।
‘सूचना प्रविधिको क्षेत्रमा प्रदान गरिने यो एक महत्वपूर्ण सम्मानका लागि विशेष गरी एनसेल फाउन्डेसनलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।
यो अवार्ड मेरोमात्र सम्मान होईन, समाजको परिवर्तनका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रहेर काम गरि रहेका हरेक महिलाको सम्मान हो र यो क्षेत्रमा भविष्य खोज्ने युवाका लागि एक आशा हो’, अवार्ड विजेता शर्माले भन्नु भयाे ।
यो अवार्डबाहेक एनसेल फाउन्डेसनले सूचना प्रविधिको पाटोमा विशेष गरी शिक्षा, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरु गरेको छ।
यो वर्षको एनसेल वुमन आइकन आईसीटी अवार्ड विजेता शर्मा २००६ मा आईटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गर्नु भएकाे थियाे ।
नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षा लगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका खेल्नु भएकाे थियाे ।
पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गर्नु भएकाे छ ।
शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनि प्रोफेसनल म्यानेजमेन्ट कमिटिमा पनि आवद्ध भएर आफ्नो अनुभव बाँडिरहनु भएकाे छ ।
साथै वित्तीय समावेशिता र स्टेम एजुकेसनमा उनको योगदान रहेको छ ।
मा प्रकाशित