नेपाली डायस्पोराको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभा काठमाडौमा सम्पन्न

आर्थिक परिवेश

१५ पुष,काठमाडौं ।    आफूले सिकेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने र नयाँ पुस्ताका नेपाली डायस्पोरालाई नेपालसंग जोड्ने ५ बर्षे कार्ययोजना निर्माण लगायतका विभिन्न निर्णय गर्दै युनाइटेड नेपाली डायस्पोराको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभा काठमाडौमा सम्पन्न भएको छ ।

सम्मेलनमा सहभागी विभिन्न देशबाट आएका प्रतिनिधिहरूले समानता, सहकार्य र समावेशीताका सिद्धान्तहरूमा आधारित रहेर विश्वव्यापी डायस्पोरालाई एकजुट गर्दै नेपाल र नेपालीहरूको हितका लागि काम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

साधारण सभाले अमेरिकाका सोनाम लामाको अध्यक्षतामा १४ सदस्यीय अन्तराष्ट्रिय कार्यसमिति समेत चयन गरेको छ ।

मध्यपूर्व र अफ्रिकाको उपाध्यक्षमा पासाड. रिन्जी शेर्पा युएई,एशियाको उपाध्यक्षमा त्रिलोक गुरुड. हडकड.,ओसेनियाको उपाध्यक्षमा अष्ट्रेलियाकी भूमा लिम्बु, युरोप क्षेत्रको उपाध्यक्षमा

बेलायतका प्रेमबहादुर गाहामगर, अमेरिका क्षेत्रको उपाध्यक्षमा अमेरिकाका शशिचन्द्र अधिकारी, महासचिवमा अष्ट्रेलियाका कुशल केसी तथा सचिव र कोषाध्यक्षमा संगिता कार्की कुँवर कोरिया र उल्काप्रसाद घिमिरे बेल्जियम चयन हनु भएको छ ।

त्यसै गरी क्षेत्रीय संयोजकहरुका एशियाको संयोजकमा लक्ष्मी गुरुड.कोरिया ओसेनियाको संयोजकमा विजय पौडेल उपाध्याय अष्ट्रेलिया,अमेरिकाको संयोजकमा शशिचन्द्र अधिकारी, तथा युरोपको संयोजकमा प्रेमबहादुर गुरुड. बेल्जिम तथा ओसेनियाको क्षेत्रीय उपसंयोजकमा शुशान्त शर्मा अष्ट्रेलिया चयन हुनु भएको छ ।

युनाइटेड नेपाली डायस्पोरा(अन्डो)द्वारा आयोजित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा नेपालमा लगानीका अवसर र संभावना, विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान र शिपलाई नेपालको विकासमा कसरी लगाउने लगायतका विषयहरुमा छलफल भएको अण्डोका नव निर्वाचित अध्यक्ष सोनाम लामाले जानकारी दिनु भयो ।

 

मा प्रकाशित