२०२३ को तुलनामा २०२४ मा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढ्याे

आर्थिक परिवेश

१७ पुष,काठमाडौ ।   सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

मंगलवार बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको बोर्डका निर्देशक मरिणराज लामिछानेले जानकारी दिनुभयो ।

सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो ।

मा प्रकाशित