शेयर बजारकाे काराेबार ३ महिना यताकै सबै भन्दा न्युन

आर्थिक परिवेश

   १७ पुष काठमाडौँ । नेपाली शेयर बजारकाे काराेवारमा बुधवार  विगत  ३ महिना  महिनायताकै न्यून कारोबार भएको छ ।

बुधवार  नेप्से परिसूचक पाँच दशमलव १० अङ्कले बढेर दुई हजार पाँच सय ८१ दशमलव ६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो ।

यस दिन तीन सय नौ कम्पनीहरुका ९४ लाख ३४ हजार नौ कित्ता शेयर ४३ हजार सात सय २९ पटक खरिदबिक्री हुँदा  तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार तीन सय ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

यो कारोबार रकम गत असोज अन्तिम सातायताकै सबै भन्दा न्यून हो ।  मङ्गलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह बुधवार सम्हालिएर उच्च वृद्धि देखिएको छ ।

वित्त समूह तीन दशमलव ८७, विकास बैङ्क एक दशमलव ६८ र जलविद्युत् समूह एक दशमलव २४ प्रतिशतले बढेको छ ।

त्यस्तै, होटल तथा पर्यटन शून्य दशमलव ९५, लगानी शून्य दशमलव शून्य नौ, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, निर्जीवन बिमा शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव ६३ प्रतिशतले बढको छ ।

अरू समूहको उपसूचकमा भने गिरावट देखिएको छ । बैङ्किङ शून्य दशमलव ७२, जीवन बिमा शून्य दशमलव शून्य छ, लघुवित्त शून्य दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको हो ।

यस दिनकाे काराेवारमा त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागकाे छ भने  सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको  २१ करोड ८२ लाख १७ हजार तीन सय ४९ बराबरको शेयर खरिदबिक्री भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन्राइज ब्लुचिप फण्डको १७ लाख ३४ हजार पाँच सय ८९ कित्ता शेयर किनबेच भएको छ ।

मा प्रकाशित