बर्षभरीमा २ हजार ३ सय ९७ हजार किलो लिटर पेट्रोलियम पदार्थ आयात

आर्थिक परिवेश

२६ पुष,काठमाडौं ।     नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयातलाई सहज बनाउन पेट्रोल तथा मटिट तेलको आयात परीक्षणको रुपमा पाइपलाइनबाट ल्याउन शुरु गरेको छ ।

आवश्यक प्रकृया पुरा गरी छिट्टै पूर्ण रुपमा ल्याउने व्यवस्था गरिने नेपाल आयल निगमले बताएको छ ।

निगमले गत बर्षभरी २ हजार ३ सय ९७ हजार किलो लिटर पेट्रोलियम पदार्थ तथा ५२५ हजार टन एल पि जि ग्यास आयात गरेको जनाएको छ ।

नियमले देशभरभर विभिन्नस्थानहरुमा भण्डारा गृह तथा अन्य आवश्यक संरचनाको निर्मणको कामलाई तिब्रताका साथ अघि बढाएको नेपाल आयाल निगमका कार्यकारी निर्देशक डा. चण्डीका भट्टले जानकारी दिनु भयो ।


नेपाल आयाल निगमले शुक्रवार आफनो ५५औ बार्षिकोत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।

यसै सन्र्दभमा आयोजित समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको व्यवसायमा विविधीकरण हुन नसके संस्थाको अस्तित्व नै सङ्कटमा पर्नसक्ने बताउनु भयो ।

कार्यक्रममा मन्त्री भण्डारीले पेट्रोलियम पदार्थको आपूर्ति श्रृङ्खलामा निगमले महत्वपूर्ण भूमिका खेलिरहेको भए पनि यसैमा मात्र सीमित रहन नहुने बताउनुभयो ।

उहाँले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने, ढुवानी र वितरण प्रणालीलाई भरपर्दो तथा प्रविधिमैत्री बनाउन पनि मन्त्री भण्डारीले निगमलाई निर्देशन दिनुभयो ।

मन्त्री भण्डारीले दैलेखमा पेट्रोलियम उत्खननका लागि अध्ययन चलिरहेकामा त्यहाँ पेट्रोलियम पदार्थ रहेकाबारे सकारात्मक प्रतिवेदन आएको जानकारी दिनुभयो ।

कार्यक्रममा उद्योगसचिव कृष्णबहादुर राउतले पनि निगमको क्षमता विस्तार तथा व्यापार विविधीकरणमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

भण्डारण क्षमता बढाउने, पाइपलाइन विस्तार तथा गुणस्तरीय पेट्रोलियम पदार्थको सहज उपलब्धताका लागि निगमको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ ।

मा प्रकाशित