कृषि विकास बैंकले उद्देश्य पुरा गर्न सर्वोच्च प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री

आर्थिक परिवेश

०७ माघ,काठमाण्डौ ।    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यस काममा बैकले सर्वोच्च प्राथमिकता दिनुपर्ने बताउनु भएको छ ।
कृषि विकास बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सवका अवसरमा सोमवार बैक प्राड.गणमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्न निर्देशन दिनुभयो ।

त्यस अवसरमा अर्थमन्त्री पोडेलले बैंकहरुबाट कर्जा लगानी अपेक्षितरूपमा बढ्न नसक्नु चिन्ताको विषय भएको बताउनु भयो ।

बैंकहरूमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय भएको अर्थ मनत्री पौडेलको भनाइ थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको बताउनुभयो ।

कृषि विकास बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले दिगो बैंकिङ र वित्तीय स्थायित्वका लागि प्रचलित कानुन र नियामक निकायको निर्देशनको सही पालना, जोखिम व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र कर्जाको गुणस्तर कायम गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

 

मा प्रकाशित