०९ माघ काठमाडौँ । नेपाली बजारमा बुधवार छाप भएकाे सुनको मूल्य बढेर प्रतितोला एक लाख ६० हजार रुपैया पुगेको छ ।
मङ्गलबार प्रतितोला एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य बुधवार प्रतितोला एक हजार नौ सयले बढेर एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई हजार ७५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।
मा प्रकाशित