२३ माघ, काठमाण्डौ । अष्ट्रेलिया तथा कमनवेल्थका लागि नव नियुक्त नेपाली राजदुत चित्रलेखा यादवले अष्ट्रेलियाका गर्भनर समक्ष आफनो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नु भएको छ ।
नव नियुक्त नेपाली राजदूत चित्रलेखा यादवले मंगलवार अष्ट्रेलियाकी गर्भनर साम मोस्टिन एसी समक्ष क्यानबेरास्थित सरकारी भवनमा आयोजना गरिएको समारोहमा ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्नु भएको हो । समारोहमा श्रीमती यादवsf] सम्मान सम्मान गारद प्रदान गरिएको थियो ।
आहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपाली राजदूत श्रीमती यादवले अष्ट्रेलियाका माहमहिम गभर्नर जनरलसँग शिष्टाचार भेट समेत गर्नु भयो ।
त्यस अवसरमा महामहिम राजदूत यादवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पठाउनु भएको हार्दिक बधाई एवं शुभकामना सन्देश प्रस्तुत गर्नु हुँदै नेपाल भ्रमणको निमन्त्रणा महामहिम गर्भर समक्ष पुन ः प्रस्तुत गर्नु भयो ।
भेटका क्रममा, उहाँहरूले द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा विचारहरू आदानप्रदान गर्नुका साथै नेपाल र अष्ट्रेलिया बिच आपसी समझदारी, विश्वास र समझदारीमा आधारित सहयोग र बढ्दो जनस्तरको सम्बन्धलाई बलिया बनाउने लगाइतका विषयहरुमा छलफल भएको अष्ट्रेलियाको क्नबेरास्थित नेपाली दुतावासले जनाएको छ ।
भेटका क्रममा अष्ट्रेलियाकी गर्भनर मोस्टिन एसीले नव नियुक्त नेपाली राजदूत श्रीमती यादवलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नु भयो ।
ओहोदाको प्रमाणपत्र प्रस्ततु गरिने समारोहमा अष्टे«लियाको विदेश मन्त्रालयका प्रतिनिधि, गर्भनरको कार्यालयका सचिव, प्रोटोकल प्रमुख र अष्ट्रेलिया सरकारका अन्य उच्चपदस्थ अधिकारीहरू, राजदूतका श्रीमान श्रीकृष्ण यादव र नेपाली दूतावासका कर्मचारीहरुको उपस्थित रहेको थियो ।
प्रमाणपत्र प्रस्तुत गरिएको समारोहपछि, राजदूत श्रीमती यादव र उहाँका श्रीमान अस्ट्रेलियाका गभर्नर–जनरलले आयोजना गरेको भोजमा सहभागी हुनु भएको थियो ।
मा प्रकाशित