सुनकाे मुल्य उच्च रकमले घट्याे

आर्थिक परिवेश

   ०४ फागुन, काठमाडौँ  ।    नेपाली बजारमा आइतवार सुनकाे मुल्य उच्च रकमले घटेकाे छ  ।

र्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा  आइतवार  सुन प्रतितोला दुई हजार ७ सय र चाँदी  १५ रूपैया ले घटेको छ ।

गत शुक्रबार प्रतितोला सुन  एक लाख ७० हजार २ सय रूपैयामा  कारोबार भएकामा आइतवार सोही परिमाणको सुन एक लाख ६७ हजार ५०० निर्धारण भइ काराेवार भएकाे  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, यस दिन चाँदी प्रतितोला  १५  रूपैयाले घटेर काराेवार भएकाे छ । आइतवारका लागि प्रतितोला चाँदीको मूल्य  एक हजार नौ सय ५५ निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतवार सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ

मा प्रकाशित