०४ फागुन , काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।
निगम सञ्चालक समितिको शनिबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपियाँ बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ४ रुपियाँको कटौती गरिएको छ।
नयाँ मूल्य समायोजन अनुसार, पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६५ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १६७ रुपियाँ, र तेस्रो वर्गका लागि १६५ रुपियाँ कायम गरिएको छ। डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १५३ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १५५ रुपियाँ, र तेस्रो वर्गका लागि १५६ रुपियाँ कायम गरिएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङलाई दोस्रो वर्ग, र काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार, पेट्रोलमा रु ०.५८ बढेको र डिजेलमा रु ३.५९ घटेको हुँदा मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ।
मा प्रकाशित