०५ फाल्गुन काठमाडौँ । यो साताकाे कारोबारको लगातार दोस्रो दिन पनि नेपाली शेयर बजारकाे परिसूचक (नेप्से) बढेर काराेवार भएको छ ।
आज नेप्से २९ दशमलव ८७ अङ्कले बढेर दुई हजार सात सय २७ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।
आज तीन सय दुई कम्पनीको एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता शेयर एक लाख दुई हजार आठ सय ६१ पटक खरिदबिक्री हुँदा १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैङ्किङ दुई दशमलव १६, होटल तथा पर्यटन दुई दशमलव २९, लघुवित्त दुई दशमलव ४५ र अन्य समूह दुई दशमलव ४७ प्रतिशतले बढेको छ ।
छ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड
स्कल डेभलपमेन्ट बैङ्क लिमिटेड, गार्डियन माईक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र दिव्येश्वरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको रू ३२ करोड ७४ लाख ३५ हजार तीन सय ५५ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैङ्क लिमिटेडको सबैभन्दा धेरै चार करोड १६ लाख तीन सय ४९ कित्ता शेयर किनबेच भएको छ ।
मा प्रकाशित