०६ फागुन,काठमाडौँ । प्रतिनिधि सभाको मगलवारकको बैठकले विद्युतीय व्यापार इ–कमर्श विधेयक २०८० पारित गरेको छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेश गर्नुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको विद्युतीय व्यापार इ–कमर्श विधेयक २०८० सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उद्योगमन्त्री भण्डारीले विधेयकले उद्योग व्यवसाय तथा व्यापारको क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने, नवउद्यमीलाई प्रोत्साहित गर्ने र थप रोजगारीका अवसरहरू सिर्जना गर्ने बताउनुभयो ।
मन्त्री भण्डारीले प्रविधिमा आधारित कारोबारलाई सहज बनाउन र अनलाइन ठगी एवं अनियमितता नियन्त्रण गर्न समेत विधेयकले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्युतीय व्यापार इ–कमर्श विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएर सुझाव सहित प्रतिनिधि सभामा पेश भएको थियो ।
मा प्रकाशित