१० फागुन, काठमाडौ । चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा मुलुकले कुल निर्यात ४६ दशमलव ५० प्रतिशतले बढेको छ यस अवधीमा नेपालको आयात भने १० दशमलव ०९ प्रतिशत भएको छ ।
आयत र निर्यातको आधारमा नेपालको ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार हुँदा आठ खर्ब ६१ अर्ब ३८ करोड व्यपार घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यस अवधिमा नौ खर्ब ८८ अर्ब ५८ करोडको आयात र एक खर्ब २७ अर्ब २० करोडको निर्यात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा नेपालको कूल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ ।
त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापारघाटा छ दशमलव २० प्रतिशतले बढेको छ ।
कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ दशमलव ६० र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ ।
सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा चार खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा व्यहोरेको छ ।
चीनसँगको व्यापार घाटा एक खर्ब ९० अर्ब ४४ करोड बराबर छ । पछिल्लो सात महिना अवधिमा चीनबाट एक खर्ब ९२ अर्ब ४५ करोडको वस्तु आयात हुँदा दुई अर्बको मात्रै निर्यात भएको छ ।
अर्जेन्टिना, युक्रेन, संयुक्त अरब ईमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको नेपालको व्यापारघाटा उच्च रहेको छ ।
नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुहरुमा भटमास तेल पहिलो स्थानमा छ ।
मा प्रकाशित