जापानी लगानीकतार्हरूले अर्थमन्त्री सँग गरे छलफल

आर्थिक परिवेश

   १५ फागुन, काठमाडौँ ।    नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरूले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेटघाट गर्नुभएकाे छ ।

भेटका अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताउनुभयो ।

उहाँले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरूको लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरूलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले विदेशी लगानीकर्ताहरूको लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको लागि आकर्षक क्षेत्र रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गर्नुभयो ।

उहाँले सरकारले निजी क्षेत्रका सरोकारहरूलाई सम्बोधन गरी विभिन्न कानुनहरु अध्यादेशमार्फत संशोधन गरी लगानीको लागि अझ सहज वातावरण तयार गरेको जानकारी दिनुभयो ।

टोलीमा फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्याली लगायत एक दर्जन भन्दा बढी कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।

समिट बिहिवारबाट काठमाडौँमा सुरु भएको छ ।

मा प्रकाशित